काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकले गठन गरेको कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्वु, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बर विक्रम कार्की, अधिवक्ता जगदेव चौधरी र डा. रामबहादुर चौधरी रहेका छन्।
नेपाल सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदललाई पार्टीको तर्फबाट सुझाव दिन नेकपाले कार्यदल बनाएकाे हो।





























प्रतिक्रिया