सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउन एमाले प्रदेश सांसदलाई अध्यक्ष ओलीले गुण्डु बोलाए

सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउन एमाले प्रदेश सांसदलाई अध्यक्ष ओलीले गुण्डु बोलाए

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद बढ्दै गएपछि छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गुण्डुमा बैठक बोलाएका छन् ।

अध्यक्षा ओलीले बोलाएपछि सदीय दलका नेता राजेन्द्रसिंह रावलसहितका सबै ११ जनै प्रदेशसभा सदस्य काठमाडौं आएका छन् । उनीहरुलाई प्रदेश संसदीय दलमा देखिएको विवादबारे छलफल गर्न गुण्डु बोलाइएको छ ।

पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश संसदीय दलका नेता रावलको कार्यशैलीप्रति प्रश्न उठाउदै दल नेता फेर्नुपर्ने आवाज एमाले सुदूरपश्चिमभित्र उहिलेदेखि चल्दै आएको थियो ।

प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता र सांसदको टोलीले छुट्टाछुट्टै रुपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई हटाउनुपर्ने माग राखेका थिए । उनीहरुले सकभर सहमतिमै दल नेता परिवर्तन गर्ने, नभए संसदीय दलमा लोकतान्त्रिक अभ्यासमार्फत परिवर्तन गर्न दिनुपर्ने अडान लिएका छन् ।

प्रदेशका नेतापछि उपनेता सन्तोश शर्मा थापासहितका सांसदले समेत हालै ओलीलाई गुण्डु पुगेर भेटेका थिए । उनीहरुले दल नेता परिवर्तनदेखि प्रदेशमा मन्त्री हेरफेर गर्नुपर्ने एजेन्डा राखेको बताइन्छ ।

स्रोतका अनुसार दलको नेता परिवर्तन गर्ने कुरामा ओली सकारात्मक देखिएका छन् । अहिले दलको नेताका लागि उपनेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, प्रदेश सभा सदस्य धर्मराज पाठक र वीरबहादुर थापा दौडमा छन् ।

Skip This
Skip This
Logo