काठमाडौं । जेनजी आन्दोलनको दमनबारे अध्ययन गर्न बनाएको समितिले काम सुरु गरको छ । उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की संयोजकत्वको अध्ययन समितिले सुरक्षा निकायमाथि गरिएको कारबाही सिफारिस अध्ययन गर्न थालेको हो ।
पुरानो गृह मन्त्रालयमा कार्यालय स्थापना गरेर समितिले काम सुरु गरेको छ । अध्ययन समितिका संयोजक कार्कीका अनुसार प्रारम्भिक अध्ययनको काम सुरु भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययनको काम सुरु भएको छ । कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने, कारबाही सिफारिस गरिएको खण्ड र कारबाही सिफारिस व्यक्तिमाथि तथ्य प्रमाणहरू दाँजेर विश्लेषण गर्ने काम भइरहको संयोजक कार्कीले बताए ।
अध्ययन समितिमा कार्कीसहित सशस्त्र प्रहरी बलका पूर्वएआईजी सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राई सदस्य छन् । आयोगको प्रतिवेदन अध्ययन गर्ने समिति भनिएकाले कार्यविधि बनाएर काम सुरु गरिएको बताइएको छ अध्ययन समितिले प्रतिवेदन बुझाएपछि त्यसैको आधारमा कारबाहीको बाटो खुल्ने बताइएको छ ।





























प्रतिक्रिया