काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण कार्यक्रम स्टाफ कलेज जावलाखेलमा सुरु भएको छ। भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रम पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजना भएको प्रवक्ता मनिष झाले बताए ।
सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गरेका छन् । प्रशिक्षण कार्यक्रम आज र भोलि हुनेछ ।
यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषय विज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए ।































प्रतिक्रिया