प्रधानन्यायाधीश सिफारिसमा परम्परा नतोडिएको भए आज भागबन्डा चल्थ्यो -रवि लामिछाने

प्रधानन्यायाधीश सिफारिसमा परम्परा नतोडिएको भए आज भागबन्डा चल्थ्यो -रवि लामिछाने

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसमा यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुने बताएका छन् ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभापति लामिछानेले भनेका छन्, ‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६/६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन ।’

साथै उनले आफूमाथि रिस पोख्नेहरूलाई चुनौति दिँदै आफ्नो गर्धन त्यहीँ रहेको र हतियार चलाउन पनि भनेका छन् ।

Logo