काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूलाई छलफलको लागि बोलाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहान साढे ११ बजे छलफल सुरु हुनेछ ।
आयोग स्रोतका अनुसार निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले दलहरूसँग छलफल गर्न लागेक हो ।
सातवटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो । उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो । केही परिमार्जनको गृहकार्य पनि भएको थियो । तर, संसद् विघटनपछि गृहले पुनः आयोगमा नै फर्काएको थियो ।





























प्रतिक्रिया