काठमाडौं । जनता र संसदप्रति उत्तरदायी नभएकाले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माग श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राखेका छन् ।
अध्यक्ष साम्पाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसद् र सार्वभौम जनताको अपमान गरेकाले तत्काल राजीनामा मागेको बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह हलबाट बाहिरिएको र पुनः सभामा नफर्किएको, प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको र नीति तथा कार्यक्रममा छलफल हुँदा अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेका राजीनामा दिनु पर्ने विज्ञप्तिमा भनिएको छ ।
साम्पाङले प्रधानमन्त्रीले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ । जनताको सार्बभौम सदनलाई अपमान गरेर जनताका प्रश्नहरुको उत्तर दिन नसक्ने, लुकेर बस्ने के प्रवृति हो यो ? यसले कस्तो नजीर बसाउँछ ?’ उनले भनेका छन् ।































प्रतिक्रिया