काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको दशकौँदेखि थाती रहेको सीमा विवादका बारेमा जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवाद केवल एकतर्फी नभएको बताएका हुन् । प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा विवादमा इतिहासविद्सहितको संलग्नतामा समाधानको प्रयत्न भएको सदनलाई जानकारी दिँदै सम्बन्धितसँग बसेर वार्ताबाट निकास खोजिने जानकारी दिए । यस विषयमा बेलायत सरकासँग पनि छलफल गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए ।
उनले भनेका छन्, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै यसबारे गहिरो अध्ययन गर्दा थाहा पाएँ— भारतले नेपालको मात्र होइन, कतिपय ठाउँमा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ।”
उनले थपे, “हामी सधैँ अर्काले मिच्यो भनेर मात्र कराउँछौँ, तर वस्तुगत तथ्य अलि फरक पनि देखियो। यो विषयलाई अब उत्तेजनामा ल्याएर होइन, दुवै देश ‘साथी’ को रूपमा बसेर सौहार्दपूर्ण वातावरणमा समाधान गर्ने सोच हामीले राखेका छौँ।”































प्रतिक्रिया