काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्।
सभापति लामिछाने, पत्नी निकिता, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, प्रदीप आचार्यसहित आज त्रिभुवन विमानस्थलबाट भारत भ्रमणका लागि नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्।
स्वपा सभापति नेतृत्वको टोली यही २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्। उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।





























प्रतिक्रिया