काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा भुवन के.सी. लाई पार्टीको केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनयन गरेको छ।
पार्टी सचिवालयको बैठकले टोखा-६, काठमाडौँ निवासी के.सी. लाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित पत्रमा के.सी. ले पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।





























प्रतिक्रिया