‘राष्ट्रपतिले कुनै पनि राजनीतिक पार्टीको पक्षमा सक्रियता देखाउनु पदिय मर्यादाको उल्लङ्घन हो’ : नेता भीम रावल

‘राष्ट्रपतिले कुनै पनि राजनीतिक पार्टीको पक्षमा सक्रियता देखाउनु पदिय मर्यादाको उल्लङ्घन हो’ : नेता भीम रावल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाका नेता भीम रावलले पार्टीको राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय भएको भन्दै यसबाट पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको बताएका छन् ।

आज सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको बताएका हुन् ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु भएको समाचार आइरहेको छ’ उनले भनेका छन् , ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले मंगलबार नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शितल निवास बोलाइ पार्टीको विवाद मिलाइदिन सहजिकरण गरिदिन आग्रह गरेकी थिइन् । यस्तै उनले बुधबार गृहमन्त्री रामबहादुर थापा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शितल निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । यसको सर्वत्र टिप्पणी भइरहेका बेला नेता रावलको यस्तो प्रतिक्रिया आएको हो ।

Skip This
Skip This
Logo