खसेको मतभन्दा धेरै भेटिएपछि रास्वपा दैलेखमा तालाबन्दी

खसेको मतभन्दा धेरै भेटिएपछि रास्वपा दैलेखमा तालाबन्दी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम अधिवेशनमा विवादकाबिच नयाँ नेतृत्व चयन भएको घोषणा गरिएको छ। नयाँ नेतृत्व घोषणा भएको दुईदिनपछि खसेको मत भन्दा धेरै मत भेटिएको भन्दै विवाद सिर्जना भएको हो।

निर्वाचनबाट सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका थिए। रास्वपा दैलेखको सभापति पदका लागि चार जना आकाङ्क्षी थिए। सर्वसम्मत रूपमा कुरा नमिलेपछि आइतबार साँझ चुनाव भएको थियो। चुनावमा खसेको मतभन्दा १२ मत बढी देखिएपछि रास्वपाको कार्यालयमा तालाबन्दी गरिएको हो।

सभापतिका उम्मेदवार प्रकाश बुढाले मतदानमा खसेको मत संख्या २४० रहेकोमा चार जना सभापतिको उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या २४६ रहेको बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टी, दैलेखको प्रथम अधिवेशनको निर्वाचनमा भएको अपारदर्शी र गैरजिम्मेवार कामको छानबिन हुन जरुरी छ’, सभापतिका उम्मेदवार बुढाले भने, ‘कुल खसेको मत २४० हो। सभापतिको उम्मेदवारको प्राप्त मत ९३, ६९, ४३, ४१ गरी जम्मा २४६ हुन्छ। आवश्यक छानविन नभै, प्रमाण नष्ट नहोस् भन्ने उदेश्यले पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।’

सभापतिमा विजयी भएका निर्वाचित बखतबहादुर भण्डारीले ९३ मत पाएका थिए। त्यसैगरी प्रकाश बुढाले ६९, विनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल ४१ मत प्राप्त गरेका थिए। ६ मत बदर भएको थियो।

सभापतिका उम्मेदवार बुढाले खसेको मतमा पनि ६ मत बदर भएको निर्वाचन समितले जनाएको छ। चारजना सभापतिका उम्मेदवारले जम्मा प्राप्त गरेको मत जोड्दा २४६ हुन्छ। यसमा ६ मत बढी भएको र ६ बदर मतको खोजी हुनुपर्ने बुढाले बताए।

Logo