काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले लागुऔषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन १५ गतेभित्रमा पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले लागुऔषध नियन्त्रण ब्युरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकीन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो । ब्युरोको संस्थागत क्षमता र दक्षता अभिवृद्धि गर्न मध्यम एवं दीर्घकालीन योजना तयार गरी लागू गर्ने पनि समितिले निर्देशन दिएको छ ।
बैठकले लागुऔषध नियन्त्रण सम्बद्ध ऐन, नियमलगायत कानुनी व्यवस्थामा गर्नुपर्ने सुधारका सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी कानुनी सुधारको प्रक्रिया अघि बढाउने निर्णय गरेको समिति सचिव विशाल सापकोटाले जानकारी दिए । लागुऔषध नियन्त्रण सम्बन्धमा भए गरेका सुधार कार्यसहित आव २०८३/८४ को पहिलो त्रैमासमा भएको प्रगति प्रतिवेदन आगामी कात्तिक १५ गतेभित्र पेस गर्न समितिले निर्देशन दिएको छ ।





























प्रतिक्रिया