देउवा दम्पत्तीको सरकारलाई पत्र, साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी

देउवा दम्पत्तीको सरकारलाई पत्र, साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवाले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धामा सदायसतापूर्वक सहयोग गर्न तत्पर रहेको प्रष्ट पारेका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गरेर पठाइएको ४ पेज लामो इमेलमा स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको,अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस’ भनेर अनुरोध समेत गरिएको छ ।

देउवा दम्पतीले भनेका छन्–हामी दुबै निवेदकहरू सार्वजनिक उत्तरदायित्वको पदमा बसेको र देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्री जस्तो जिम्मेवारी वहन रिसकेको राजनीतिक व्यक्ति भएको हुनाले हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हाम्रो विरुद्धको अनुसन्धानलाई रोकछेक,प्रतिरोध गर्ने नभई कानुनसम्मत,खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ । अतः आफ्नो निर्दोषित पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रुपमै स्पष्ट गर्न चाहेका छौँ ।

देउवा दम्पतीले आफूहरू हाल कुन देशमा रहेको भनेर इमेलमा खुलाएका छैनन् । उनीहरू २०८२ फागुन १३ गते सिंगापुर गएका थिए । त्यसपछि हङकङमा समेत देखिएका उनीहरू त्यसयता कुन ठाउँमा छन् भन्ने आधिकारिक जानकारी दिइएको छैन ।

देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरुमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ । इमेलमा भनिएको छ- उक्त मुद्दामा अन्तरिम छलफलको क्रममा हाम्राविरुद्ध अनुसन्धान जारी रहेको,तथापी कसुर पुष्टि गर्ने कुनै ठोस प्रमाण नभए पनि नेपालबाहिर रहेको हुनाले नेपाल ल्याउने प्रयोजनको लागि इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्नुपर्ने बाध्यता रहेको भनी जिकिर लिएको कुरा हाम्रा कानून व्यवसायीहरूबाट जानकारी हुन आएको हुनाले यो निवेदन गरेको छु ।

देउवाले आफूविरुद्ध गत असोज महिनामा परेको उजुरीमा अनुसन्धान टोली गठन भई आफ्नो ध्वस्त भएको भवनमा बसी अनुसन्धान गरिसकेपछि २०८२ फागुन १३ गते आफू नेपाल बाहिर जाने दिनसम्म पनि विभागबाट उपस्थित हुन कुनै पत्र प्राप्त नभएको समेत बताएका छन् ।

उनले आफ्नो जलेको धरमा बसेका नेतादेर रामवहादुर देउवालाई रितपूर्वक प्रवेश पुर्जी दिई घरको सबै तल्ला तथा जलेर शेष भएका धातु तथा कागजातहरुको समेत निरीक्ष्ँण गरी कुनै बहुमूल्य वस्तु वा नगद जलेको समेत फेला नपरेको भनी खानतलासी मुचुल्काले प्रमाणित गरेको बताएका छन् ।

देउवा दम्पतीले आफूहरूविरुद्ध अख्तियारलगायत कुनै संवैधानिक निकायले छानबिन गरेको अवस्था नरहेको भन्दै विभागबाट गरिएको छानबिनबाट समेत कुनै बहुमूल्य बस्तु समेत फेला नपरेको जिकिर गरेका छन् ।

Logo