गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

केन्द्रबिन्दु
777
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरूद्धसोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको हो।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले उजुरी दर्ता गराएका हुन् । आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिइ घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरिएको छ ।

गुरुङको टोली प्रवेश गरेको गत जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएको छ।

Logo