काठमाडौं ।
केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।
यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।
हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।
आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये सत्तारुढ नेकपाका अध्यक्षद्वयबीचको छलफल बिहिबार पनि विना निश्कर्ष टुंगिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको वैठक विना निष्कर्श टुंगिएको हो । यता, दुई अध्यक्षको भेट अघि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामनाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो । यसैगरि गरि बिहिबार साँझ नै सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ ।
मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको उक्त टोलीले ७ दिन पछि अर्थात् कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । बंगलादेश जाने फुटबल टोलीमा ८ नयाँ अनुहारले स्थान पाएका छन् भने अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द टोलीमा पर्न सकेका छैनन् ।
कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने फैसला पुनरावेदन गर्ने निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सरकारका तर्फबाट पेश भएको उक्त पुनरावेदनमा बिहिबार न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावेदन नहुने आदेश गरेका हुन् ।
अब रोकिएका सबै परीक्षा घरपायक केन्द्रबाट दिन पाइने गरि त्रिभुवन विश्वविद्यालयले तयारी सुरु गरेको छ । त्यसका लागि विद्यार्थीहरूले आफूले भर्ने अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न सक्नेछन् भने अनलाइनबाटै प्रवेश कार्ड झिकेर प्रिन्टगरि परीक्षामा सामेल हुन सक्ने भएका छन् ।





























प्रतिक्रिया