चुनाव विरोधी एक हजार ७ सय जनाभन्दा बढी राजधानीबाट पक्राउ

चुनाव विरोधी एक हजार ७ सय जनाभन्दा बढी राजधानीबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, १९ मङ्सिर । प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा राजधानी काठमाडौँबाट एक हजार ७ सय ५४ जनालाई पक्राउ गरेको छ । उनीहरु राजधानीको बिभिन्न ठाउँबाट पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीका अनुसार उनीहरु मध्ये ५ सय ५० जनालाई मुद्धा चलाइएको छ । अन्यलाई भने सामान्य सोधपुछ र अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ ।

नजिकिदो चुनाबसंगै उम्मेदवारहरुलाई लक्षित गरि बम बिस्फोट हुन् थालेपछि प्रहरीले सुरक्षा संयन्त्र कडा बनाएको छ ।

Logo