उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

केन्द्रबिन्दु
0
Shares

लहान, १९ मंसिर ।

अज्ञात समूहले गए राति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।

उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ (ख) का प्रदेशसभा उम्मेदवार बनेका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको र हातमा काटिएकाले स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताएका छन् ।

“उक्त समूहले अचानक पछाडिबाट छुरा प्रहार गरेपछि मोटरसाइकलबाट लड्दा पनि थप आक्रमण गर्यो, उम्मेदवार अलीले भने, “त्यसपछि आफूसँगै मोटरसाइकलमा पछाडी सवार आफ्ना सहयोगी केही पर भागेर गुहार माग्दै प्रहरीलाई खबर गरेपछि उनीहरू भागेका थिए ।” रासस

Logo