उपराष्ट्रपति यादव स्वदेश फिर्ता

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी आज अपराह्न स्वदेश फर्किएका छन् ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गरे ।

सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गरेका थिए । उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी थिए ।

Logo