कांग्रेसका सांसद साहविरूद्व पक्राउ पुर्जी जारी

कांग्रेसका सांसद साहविरूद्व पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित सांसद साहविरुद्ध कपिलवस्तुकै कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकाका आधारमा पक्राउ पुर्जी जारी भएको हो ।

केही समयअघि संघीय सांसद साह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साहसहितको समूह शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

Logo