काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपद व्यवस्थापन सम्बन्धि आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको श्रावण १० र ११ मा बसेको छैठौं बैठकले उक्त निर्णय गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
सो बमोजिम यही श्रावण १५, १६ र १७ गते हुने प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुनेछन् । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप र तत् सम्बन्धी अभ्यास गराइनेछ ।
प्राकृतिक विपदको क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन्।
प्रशिक्षण मार्फत विपदमा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास नेपाली कांग्रेसले लिएको छ । आगामी दिनमा ‘हरेक जिल्लामा विपद व्यवस्थापन स्वयंसेवक’ को अवधारणा बमोजिम अघि बढ्ने योजना नीति प्रतिष्ठानले बनाएको छ ।




















