सुनसरी घटनामा के भन्यो रास्वपाले ?

सुनसरी घटनामा के भन्यो रास्वपाले ?

केन्द्रबिन्दु
678
Shares

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी लगायत पूर्वी जिल्लामा हालै घटेको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। हिंसा र मुठभेडबाट कुनै पनि समस्याको समाधान हुन नसक्ने भन्दै उनले सामाजिक सद्भाव, आपसी एकता र बहुलवादी संस्कृतिलाई खलबलाउने गतिविधि नगर्न सम्पूर्ण नागरिक र सरोकारवालाहरूलाई आग्रह गरेका छन्।

शान्ति-सुरक्षा कायम गर्न तथा परिस्थितिलाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको जानकारी दिँदै रास्वपाले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको माग गरेको छ।

साथै, संवेदनशील घडीमा घटनाको राजनीतिकरण नगर्न आग्रह गर्दै रास्वपाका स्थानीय कमिटीहरूलाई सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिइएको छ।

Logo