बाबुराममाथि नारायणकाजीको हमला !

बाबुराममाथि नारायणकाजीको हमला !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक ।

स्वच्छ प्रतिस्पर्धामा उत्रिने भन्दै चुनाबमा होमिएका माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आक्रामक प्रचार अभियान थालेका छन् ।

श्रेष्ठका कार्यकर्ताले मुख्य प्रतिद्वन्दी बाबुराम भट्टराईको घरमा गएर कालोझण्डा गाडेका हुन् । गए राति भट्टराईको गोर्खा खोप्लाङस्थित घरमा माओवादी कार्यकर्ताले कालो झन्डा गाडेका हुन् । 

बाम गठबन्धनबाट अलग भएका डाक्टर बाबुराम भट्टराई गोर्खा क्षेत्र नम्बर २ बाट आँखा चिन्ह लिएर प्रतिनिधिसभामा लड्दैछन्। भट्टराईलाई नेपाली काँग्रेसको साथ् छ भने श्रेष्ठलाई नेकपा एमालेको साथ छ ।

Logo