फैसलाको ८ बर्षपछि माओवादी नेता ढुंगेल जेल चलान

फैसलाको ८ बर्षपछि माओवादी नेता ढुंगेल जेल चलान

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १४ कार्तिक । 

सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ  । 

उनलाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको हो । पक्राउपछि ढुंगेललाई जिल्ला अदालत उपस्थिति गराई सदरखोर कारागार चारखाल चलान गरिएको हो । सर्वोच्चले जन्मकैदको फैसला गरेपछि ढुंगेल लुकिछिपी बस्दै आएका थिए । फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा समेत परेको थियो । 

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनेको थियो । ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । त्यस्तै ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न २०७३ चैत ३१ गते सर्वोच्चले प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको थियो।

श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो।

फोटो: किशोर पौडेल

Skip This
Skip This
Logo