काठमाडौं ।
अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटमा पुगेको बताएका छन् । आज सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै पौडेलले पार्टी एकता गम्भीर संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन् :
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।
पौडेल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार समेत मानिन्छन् ।
पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावपछि अध्यक्षद्वयबीच मतभेद उत्पन्न भए पछि पनि उनले सक्रिय भूमिका निभाइरहेका छन्।






























प्रतिक्रिया