काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले माघ २८ गते हुने जनप्रदर्शनलाई ‘अहिलेसम्मकै विशाल’ बनाउने जनाएको छ । केन्द्रीय संघर्ष समिति सचिवालयको आज बसेको बैठकले प्रदर्शन हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको हो ।
आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस अघिका आन्दोलनमा दिएको साथ र समर्थनका लागि सबैलाई धन्यवाद दिएका थिए ।
बैठकमा अध्यक्षद्वयले आफूहरूसँग केन्द्रीय कमिटीको दुईतिहाइ रहेको बताएका थिए । उनीहरुले संविधान भत्काएर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका तानाशाही कदमको प्रतिवाद गर्न तयार रहन पनि कार्यकर्तापंक्तिलाई निर्देशनसमेत दिएका छन् ।





























प्रतिक्रिया