काठमाडौं ।
केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।
यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।
हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।
आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये ११ दिनदेखिको लामो संवादहीनता तोड्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ । तर दुबै अध्यक्षबीच लामो समयदेखि जारी गतिरोध आज तोडिए पनि सहमति हुने सम्भावना भने अझै न्यून नै देखिएको छ ।
नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन अनुसार भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे दज्र्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउने भएका छन् । तर सन् १९५० देखी पद्बी दिदै आएको उल्लेख गरिए त्यो गलत भएको भन्दै सरोकारवालाहरुले मानार्थ महारथी पद्बीको इतिहास सच्याउनुपर्नेे धारणा व्यक्त गरेका छन् ।
विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् ।
आज ‘विश्व शहरीकरण दिवस २०२०’ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर र फैलिदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपी विभिन्न फोरमहरु र भर्चुअल सेमिनारहरु भइरहेका छन् ।
आईपिएलको नियम उल्लंघन गरेको भन्दै युएईमा जारी १३ औं संस्करणको आईपीएलमा एक खेलाडीलाई जरिवाना तिराईएको छ । राजस्थान रोयल्ससँग शुक्रबार रातिको खेलमा सतक बनाउन एक रनले चुकेपछि रिसाएर ब्याटलाई भुईंमा फ्यालेका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना गरिएको हो । भिडियो :





























प्रतिक्रिया