टिकटको विषयले सिरहा कांग्रेसमा दुई पक्षबीच खुकुरी हानाहान (भिडियो सहित)

टिकटको विषयले सिरहा कांग्रेसमा दुई पक्षबीच खुकुरी हानाहान (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । सिरहा, २१ भदौ ।

प्रदेश न. २ मा उम्मेदवारी दर्ताको दिन उत्साहवद्र्धक गतिविधि अगाडि बढिरहेको उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको बताइएको छ ।

पछिल्लो पटक समाचार तयार पार्दासम्म दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । भने झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बुझिएको छ ।

कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ । उनी नेका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।

उता, सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए ।

कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो ।

 

Skip This
Logo