मधेश आन्दोलन जारी- उपेन्द्र यादव

मधेश आन्दोलन जारी- उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । मधेशको मुद्दा सम्बोधन नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । 
बिहीबार दिउँसो महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागिता नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । 

अध्यक्ष यादवले संविधानमा मधेशीको पहिचान कहीँ पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए तापनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए । 

एक अर्को प्रसङ्गमा उहाँले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तबसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष यादवले धारणा राखे । सो अवसरमा पाँचसय कार्यकर्ता अन्य पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । रासस

Skip This
Logo