1
1
Kendrabindu - News & Articles from Nepal

नयाँ शक्ति पार्टीका प्रदेश संयोजकसहित २ सय ८ जना नेकपामा प्रवेश

1
1
1
1
1
1
1
1

मोरङ । नयाँ शक्ति पार्टीका प्रदेश नं. १ का प्रदेश संयोजक नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक देवराज भण्डरी नेकपामा प्रवेश गरेका हुन् । संयोजक भण्डारीसहित २ सय ८ जना नयाँ शक्तिका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

मोरङको पथरी शनिश्चरेमा नेकपाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गरे । पार्टी प्रवेश गराउँदैं मन्त्री ढकालले अब चाँडै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि पुरानै घर फर्किने दाबी गरे ।

भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफुहरु एकाकार भएर अघि बढ्नुको विकल्प नभएको बताउँदैं अब बाबुरामलाई पनि पुरानै पार्टीमा फर्काउने गरी पहल गर्ने बताए ।

पथरी शनिश्चरे १ का भण्डारी ०४२ सालदेखि ०५४ सम्म एमाले, ०५५ देखि ०७२ सम्म माओवादी र ०७२ देखि जनशक्ति पार्टीमा लागेका थिए । माओवादीमा रहँदा जनमुक्ती सेनाको बटालियन कमिसार थिए ।

पार्टी प्रवेश कार्यक्रममा, नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य एवम युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य बासु बराल, प्रदेश सदस्य एवम ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्र पनि नेकपा प्रवेश गरेका हुन् ।

प्रकाशित: २३ फागुन २०७५ १५:१२ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी