काठमाडौं । पछिल्लो समय नेकपाका अध्यक्षद्वयको संवाद पातलिँदै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रम बढेको छ ।
अध्यक्ष प्रचण्ड परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट चौथो नेता हुन् । त्यसैगरी, बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए ।
नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएका छन् । प्रचण्डले भने आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आएको बताएका छन् । स्रोतका अनुसार प्रचण्डसँग भएको भेटमा ज्ञवालीले दुई अध्यक्षको सम्वादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको बताइएको छ ।
ओली र प्रचण्ड बीचको मतभेदकै कारण कात्तिक १५ मा निर्धारित केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ । विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन् । ·





























प्रतिक्रिया