रक्षा मन्त्रालयको नयाँ भवनको शिलन्यास

रक्षा मन्त्रालयको नयाँ भवनको शिलन्यास

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको नयाँ भवन निर्माणको बुधबार शिलन्यास गरेका छन् । नयाँ भवन सिंहदरबारको दक्षिण–पश्चिममा रहेको नेपाली सेनाको क्याभलरी (घोडा स्याहार केन्द्र) गुल्म रहेको स्थानमा बन्न लागेको हो ।

७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य भवन प्रयोग गर्न नमिल्ने गरि क्षति पुगेपछि मन्त्रालय भवनविहीन बनेको थियो ।

कुल ५९४७.१६ वर्ग मिटरमा बन्ने भएको नयाँ भवन बेसमेन्ट र कौसी भागबाहेक ५ तलाको हुने छ । भवनमा १०५ वटा कोठा हुने छन् । निर्माणका लागि २०७७ असारमा निर्माण सम्पन्न गर्ने गरी डाँफे समानान्तर जे भी ले ठेक्का पाएको छ ।

नयाँ भवनको लागत १९ करोड ३३ लाख ४ हजार रहेको छ । भवन भूकम्प प्रतिरोधी हुनुका साथै अग्नि निरोधक प्रणाली जडान भएको हुनेछ ।

शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भवन निर्माणमा आर्थिक अनुशासनको पालना हुनुपर्ने भन्दै तोकिएको समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

निर्माण हुने भवन अपाङ्ग मैत्री, प्राकृतिक वातानुकुलित र लिफ्टसहितको हुनेछ । भूकम्पपछि आफ्नो भवन नहुँदा मन्त्रालय सिंहदरबारभित्र रहेको राष्ट्रिय सुरक्षा परिषद्को भवनमा रहेको छ । मन्त्रालयको दैनिक कार्य संचालन हुँदै आए पनि पर्याप्त कोठा र कार्यालय सुविधा नहुँदा काम प्रभावित हँुदै आएको छ ।

Logo