काठमाडौं।
नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विहिबार विज्ञप्ति जारी गरी अकारण पक्राउ गरिएको जनाउँदै यस्तो प्रवृत्तिको निन्दा गरेका छन् । विद्यार्थी सङ्गठनका नेता, कार्यकर्तालाई विनाकरण पक्रने, झुट्टा मुद्दा लगाउने, हिरासतभित्र यातना दिने कार्य भएको पनि नेविसङ्घको जिकिर छ ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राजनीतिक प्रतिशोधका आधारमा ओझाको पक्राउ गरिएको आरोप लगाए।































प्रतिक्रिया