- कृष्णराज गौतम/रासस 

काठमाडौँ, ३ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

राप्रपाभित्रको विवाद यथावत

राप्रपाभित्रको विवाद यथावत

केन्द्रबिन्दु
३ श्रावण २०७४, मंगलबार
0
Shares

– कृष्णराज गौतम/रासस 

काठमाडौँ, ३ साउन । आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ । 

पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सो निर्णय सच्चाउन माग गर्नुभएको तर त्यसलाई संस्थापन पक्षले नकारिदिएपछि विवाद बल्झिएको हो । 

नेता राणाले पार्टीमा आफूसँग परामर्श नगरी अध्यक्ष थापाले एकतर्फी रुपमा गरेको निर्णयले पार्टीलाई निरंकुश बनाउने बताउनुहुन्छ । संगठनलाई प्रजातान्त्रिक बनाउन आफ्नो पक्षले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । पार्टी नेतृत्वले गलत निर्णयलाई नसच्चाएमा केन्द्रीय कार्यसमितिको बैठकमा आफू सहभागी हुन नसक्ने उहाँ बताउनुहुन्छ । 

पार्टीमा १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा अहिलेसम्म चुनाव र मनोनयनमार्फत १५२ सदस्य पद पूर्ति गरिएको छ । पार्टीमा रिक्त रहेको ११ केन्द्रीय सदस्य भने असन्तुष्ट पक्षको सिफारिशमा मनोनयन गर्ने सम्भावना रहेको भए पनि असन्तुष्ट पक्षले त्यसलाई नकारेपछि नेतृत्व वर्गलाई चुनौती थपिएको हो । 

संस्थापन तथा असन्तुष्ट दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नभएपछि विवाद उत्कर्षतर्फ जाने खतरा बढेको छ । संस्थापन पक्षका अनुसार असन्तुष्ट पक्षले पार्टीले लिएका वैचारिक सिद्धान्तमा खासै फरक मत राखेको छैनन् तर चुनाव चिह्न गाईलाई परिवर्तन गरी हलो राख्नुपर्ने कुरा मात्र उठाएका छन् । संविधान संशोधनका विषयमा दुवै पक्ष मतैक्यता देखिएपनि सरकारमा सहभागी हुने विषयमा मतभेद कायमै छ । स्थानीय तहका छ प्रदेशमा भएका चुनावमा अपेक्षाकृत परिणाम प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ । 

आन्तरिक समस्यालाई समाधान गर्न विभिन्न तहमा छलफल जारी छ । त्यसका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा वरिष्ठ नेता राणाका बीच पनि वार्ता भएको छ । केन्द्रीय कार्यसमितिको बैठकअगावै विवाद सुल्झाउन पार्टीको विभिन्न तहमा बैठक बसिरहेको र दुवै पक्षलाई मिलाएर बैठकमा सहभागी गराउन मध्यममार्गी नेताले प्रयास गरिरहेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । 

केन्द्रीय समितिको बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी अहिले १५२ सदस्य रहेकामा अब पूर्व नेतालाई सहभागी गराउँदा करिब २०० जना थपिन सक्ने अनुमान गरिएको छ । 

देशभरका नेता तथा कार्यकर्ता पार्टी एकताबद्ध भई बाँकी निर्वाचनमा सहभागी होस् र कुनै पनि हालतमा पार्टी नटुटोस् भन्ने हो भन्नुहुन्छ नेता किरण गिरीले बताउनुभयो । दुवै पक्षका त्रुटिको समीक्षा गरी नयाँ समझदारी कायम गराउन समय थोरै छ । पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा बैठकमा सहभागी नेताले गम्भीरतापूर्वक छलफल गर्ने भएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा सहभागी हुन देशभरबाट नेताहरुको काठमाडौँ आउने क्रम शुरु भएको छ । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

सगरमाथामा बेपत्ता भएका दावा शेर्पा खुम्बु आइसफल क्षेत्रबाट उद्दार

छुट्टाछुट्टै घटना भक्तपुर र बाजुरामा दुई जनाको हत्या

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने नेपाल उद्योग परिसंघ भनाई

ट्रकको ठक्करले पर्वतमा २ जनाको मृत्यु, तनहुँमा ६ जना घाइते

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग १६ अर्ब रुपैयाँ ऋण लिने सम्झौता

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu