गोरखा, १ साउन । "/>

  • ७ श्रावण २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

सिरानचोकको प्राथमिकता : वडा–केन्द्र जोडने चक्रपथ, कृषि हाटबजार र बर्थिङ सेन्टर

सिरानचोकको प्राथमिकता : वडा–केन्द्र जोडने चक्रपथ, कृषि हाटबजार र बर्थिङ सेन्टर

केन्द्रबिन्दु
१ श्रावण २०७४, आईतबार
0
Shares

गोरखा, १ साउन । सिरानचोक गाउँपालिकाले आव २०७४/०७५ को बजेटमा वडादेखि गाउँपालिका केन्द्र जोड्न चक्रपथ निर्माण, प्रत्येक वडामा कृषि हाटबजार सञ्चालन र आठ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर खोल्ने योजना बजेटका प्राथमिकतामा परेका छन् । 

गाउँपालिकाको केन्द्र छोप्राकमा पहिलो गाउँसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका प्रमुख राजु गुरुङले रु ३१ करोड चार लाख तीन हजारको बजेट सार्वजनिक गर्नुभयो । केन्द्र सरकारबाट उपलब्ध अनुदान रु १३ करोड ७५ लाख ३९ हजार प्रावि निमाविका शिक्षकको तलबभत्ता, विद्यालय सञ्चालन खर्च तथा कृषि, स्वास्थ्य कार्यालयका कर्मचारीलाई तलबभत्ता दिने गरी विनियोजन गरिएको हो । 

बैठकले केराबारी, थालाजुङ, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारीका भूकम्प प्रभावित लाभग्राहीले आगामी विसं २०७५ सम्म निजी आवास पुनःनिर्माण गर्नुपर्ने बाध्यकारी नियम ल्याएको छ । सबै वडाका स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउनका निम्ति बर्थिङ सेन्टर निर्माण गर्ने, गाउँघर क्लिनिक सेवा सञ्चालन गर्ने तथा असहाय– दीर्घ रोगीलाई सहयोग गर्न आकस्मिक स्वास्थ्य सहयोग कोषको व्यवस्था गर्ने नीति सिरानचोक गाउँपालिकाको छ । 

प्रत्येक वडामा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम लागू गर्ने, कृषि मुख्य क्षेत्र घोषणा गरी परियोजना सञ्चालन गर्ने, कृषकलाई व्यावसायिक बनाउँदै विभिन्न जातका तरकारी– फलफूलको बीउको व्यवस्थापन गरिदिने, कम्तीमा दुई स्थानमा फलफूल र तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याउने तथा प्रत्येक वडामा महिनाको एक पटक कृषिजन्य उत्पादन बिक्री गर्न कृषि हाटबजार सञ्चालनमा ल्याउने उपप्रमुख रीता देवकोटाले बताउनुभयो । 

शनिबार भएको गाउँसभा उद्घाटनमा नेपाली काँग्रेसका सचेतक चीनकाजी श्रेष्ठले केन्द्रले खोसेको गाउँको अधिकार पुनःगाउँमै फिर्ता गर्न सफल भएको बताउनुभयो । रासस 

 
 
 
 
 
 
 
 

भर्खर

मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला

‘बालेन सरकारले सीमा नाघ्यो, विकल्पका लागि सबै कम्युनिस्ट एक हुनुपर्छ’

‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको समस्या समाधानमा मन्त्रालय सकारात्मक

शंकरलाल अग्रवाललाई पठाइयो नख्खु कारागार

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu