बजेट पासगर्न राप्रपाले सघाउने

बजेट पासगर्न राप्रपाले सघाउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा पेश भएको आर्थिक वर्ष २०७४/७५ को बजेट पारित गर्ने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको बैठकले आर्थिक वर्ष २०७४/७५ सालको बजेट पारित गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ को बजेट विहिबार संसदमा निर्णयार्थ पेश हुँदैछ । सोही सम्बन्धमा छलफल गर्न आईतबार विहान बसेको पार्टी संसदीय दलको संघीय ढाँचा अनुसार राज्य संचालन गर्न अतिआवश्यक भएको निष्कर्ष निकाल्दै बजेट पारित गर्ने निर्णय गरेको हो । राज्य संचालनका लागि समेत अतिआवश्यक देखिएकाले बजेट पारित गर्ने निर्णय लिइएको पार्टी नेतृ कुन्तीकुमारी शाहीले जानकारी दिनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्मानजनक सहभागिता सुनिश्चित् नभई सरकारमा जान नसकिने पनि स्पष्ट पारेको छ । सरकारलाई समर्थन दिएपनि सम्मानजनक सहभागिता सुनिश्चित् नभई सरकारमा जान नसकिने अडान लिइएको पार्टीका प्रवक्ता शुशिलकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जानका लागि उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ । यता, प्रधानमन्त्री शेरबहादुर देउवाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मन्त्रीहरु मात्रै दिने तयारी गर्नु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता कमल थापाले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद पनि व्यक्त गर्नु भएको थियो ।

 

Skip This
Skip This
Logo