‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा बन्द गर्नु पर्छ’ : गृहमन्त्री थापा

‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा बन्द गर्नु पर्छ’ : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताएका छन् ।  

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताएका हुन् । उनले मांसाहारी आन्दोलन गरेर मांसाहारी तरीकाद्वारा नेतृत्वलाई अपदस्त गरिनेछ भन्दै घोषणा गर्दै हिंडिरहेको भन्दै मांसाहारी आन्दोलन गर्नेलाई संविधान र कानूनले अपराध घोषित गरेको पनि बताए।

केही समय अघि अध्यक्ष प्रचण्डले नेकपाका युवाहरुलाई सम्बोधन गर्दै प्रतिगमनविरुद्धको आन्दोलनलाई सशक्त बनाउन मांसाहारी आन्दोलन आवश्यक रहेको बताएका थिए । गृहमन्त्री थापाले प्रतिगामी र अवसरवादी तत्वहरुले नेतृत्वलाई अपदस्त गर्नका निम्ति सबै प्रकारको षडयन्त्र र भ्रमहरुको साहारा लिंदै गइरहेको पनि बताए।

Skip This
Skip This
Logo