केन्द्रबिन्दु बुलेटिन : ‘राजतन्त्र फर्काउने कुरा हल्ला मात्र हो’–प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘राजतन्त्र फर्काउने कुरा हल्ला मात्र हो’–प्रधानमन्त्री (भिडियोसहित)


काठमाडौं ।

हामीले हरेक दिन केन्द्रबिन्दु बुलेटिन प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरु प्रस्तुत गरेका छौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ भन्दै हल्ला फैलाउने प्रति लक्षित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए । लोकतन्त्रलाई ठीक ढंगले चल्न नदिनेहरु अलग्गिएपछि सबै कुरा ठीक भएको भन्दै प्रधानमन्त्री ओलीले अब मुलुक स्थिरतातर्फ उन्मुख भएको समेत दावी गरे ।  

संवैधानिक परिषद्ले गरेका नियुक्ति ३८ जना पदाधिकारीहरूको शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै प्रचण्ड–माधव समूहका नेता तथा सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । उनी त्यस विरुद्ध अदालतमा रिट दायर गर्न पुगेका हुन् । शुक्रबार सभामुख सापकोटा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत ३९ जना विरुद्धको रिट निवेदन लिएर आफैं अदालत पुगेका हुन् । दायर गरेको रिट उपर सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।  

प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले नै गरेको आरोप लगाएका छन् । उनले संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत पनि गरेका छन् । यस्तै प्रचण्डले एमसीसीको पक्षमा नरहेको पनि प्रष्ट्याएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनलाई गर्दै आएको समर्थनको अन्त्य गर्ने घोषणा गरेका छन् । अमेरिकामा लामो समयदेखि जारी युद्धमा र हुथी विद्रोहीका विरुद्ध अमेरिकन समर्थन बन्द गर्ने बाइडेनले घोषणा गरेका छन् । बाइडेनले म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू कीलाई रिहा गर्न र प्रजातन्त्र पुनर्स्थापित गर्न पनि म्यानमारको सेनालाई आह्वान गरेका छन् ।  

बिहिबारबाट सुदुरपश्चिमका विभिन्न स्थानमा भएको वर्षातका कारण त्यहाँका पहाडी जिल्लामा भार हिमपात भएको छ । हिमपातका कारण हवाइ तथा यातायात अवरुद्ध भएको छ । वर्षात् र हिमपातका कारण कृषक भने उत्साहित बनेका छन् ।

Logo