प्रचण्ड–माधव पक्षद्वारा प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउन नपाएपछि सिंहदरबार घेराउ

प्रचण्ड–माधव पक्षद्वारा प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउन नपाएपछि सिंहदरबार घेराउ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आइतबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउन नपाएपछि सिंहदरबार घेराउ गरेको छ ।  

अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विरोधपत्र दर्ता गर्न जाँदा पनि दर्ता नभएपछि अनेरास्ववियूले हनुमानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेका थिए । 

Logo