प्रधानमन्त्री ओलीद्वारा निर्वाचनको काम अघि बढाउन आयोगलाई निर्देशन

प्रधानमन्त्री ओलीद्वारा निर्वाचनको काम अघि बढाउन आयोगलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी ओलीले आज निर्वाचन आयोग पुगि निर्वाचनका कामलाई निरन्तरता दिन आयोगका अधिकारीलाई निर्देशन दिएका छन् । आज विहान आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई भेटेर निर्वाचनका काम अघि बढाउन निर्देशन दिएका हुन् ।

आयोगको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्री ओलीले आयुक्तहरुलाई धन्यवादसमेत दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री केपी ओली निर्वाचन आयोग पुगेका थिए ।  

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीका लागि आयोगले गरेका कामको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । थपलियाले आयोगले तोकिएको समयमा निर्वाचन गर्ने गरी काम गरिरहेको बताए । साथै उनले सुरक्षा बन्दोबस्ती र बजेटका विषयमा प्रधानमन्त्रीलाई जानकारीसमेत गराएका थिए । आज आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा भने छलफल भएन।

Skip This
Skip This
Logo