भोलि हुने जनप्रदर्शनमा सहभागी हुन प्रचण्ड–नेपाल समूहको अपील

भोलि हुने जनप्रदर्शनमा सहभागी हुन प्रचण्ड–नेपाल समूहको अपील

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले माघ २८ गते (भोलि) को प्रदर्शनमा सहभागी हुन अपील गरेको छ । अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन सबै सामू अपील गरेका हुन् ।  

यस समूहको सचिवालय बैठक आज बसेको छ । बुधवार काठमाडौंमा आयोजना गरिएको जनसभाको तयारीका लागि बैठक बसेको हो ।  

प्रतिनिधिसभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै यस  समूहले घोषणा गरेको तेस्रोचरणको आन्दोलनको कार्यक्रम भोलि सकिंदैछ ।

भोलि राजधानीमा गर्न लागिएको सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ । यस अघि पनि यस समूहले विभिन्न चरणका विरोध कार्यक्रमहरु गरिसकेको छ ।  

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि यसलाई प्रतिगमनको संज्ञा दिंदै प्रचण्ड नेपाल समूहसहित अन्य दलहरु विरोधमा छन् । यता सर्वोच्चमा यस सम्बन्धि परेको मुद्दा विचाराधिन अवस्थामा छ ।  

Skip This
Skip This
Logo