प्रचण्ड–नेपालको आज राजधानीमा शक्ति प्रदर्शन, कुन नेताले कहाँबाट नेतृत्व गर्ने ?

प्रचण्ड–नेपालको आज राजधानीमा शक्ति प्रदर्शन, कुन नेताले कहाँबाट नेतृत्व गर्ने ?

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज हुने प्रदर्शनको सबै तयारी पूरा भएको जनाएको छ ।  

संसद् विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले आज काठमाडौं उपत्यकाका पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको जनाएको  छ । जस अनुसार पुल्चोकबाट कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने जुलुसको नेतृत्व छन् ।  

त्रिपुरेश्वरबाट अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले जुलुसको नेतृत्व गर्ने भएका छन् ।  

उता माइतीघरमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल लगायतले नेतृत्व गर्ने छएका छन् भने केशरमहलबाट निस्क्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल र शक्तिबहादुर बस्नेतले गर्नेछन् ।  

जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु सामेल हुने भएका छन् । आजको सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।  

Skip This
Skip This
Logo