नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताएकी छिन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोधसभामा बोल्दै नेतृ झाँक्रीले अहिलेको व्यवस्थामा संविधान र कानूनी राज्यको विरुद्धमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षडयन्त्रका विरुद्ध बोल्न पाइने उनको तर्क छ । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उनले दावी गरिन् ।
उनले आफुले राष्ट्रपति संस्था शिर माथिको संस्था भएकोले राष्ट्रपति संस्थाका विरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री वा मन्त्रीपरिषदका निर्णयलाई खुसुक्क सही छाप लगाएर निरंकुशताको साक्ष्ीा बसे त्यस्तो पात्रको विरुद्ध पनि बोल्न पाइने बताइन् । उनले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने स्पष्ट पारिन् ।
उनले सर्वोच्च अदालतले कानूनसम्मत्, संविधानसम्मत् फैसला गर्नेमा विश्वास समेत व्यक्त गरिन् । अदालतप्रतिको विश्वास डग्मगायो भने राज्यको शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उनको भनाइ छ ।





























प्रतिक्रिया