श्रष्टाहरुले गरे प्रतिनिधिसभा विघटनविरुद्ध साङ्लो बाँधेर प्रदर्शन

श्रष्टाहरुले गरे प्रतिनिधिसभा विघटनविरुद्ध साङ्लो बाँधेर प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौँमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् ।  

साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन गरेका हुन् । “सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको  पक्षमा स्रष्टा आन्दोलन”को ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म र्याली निकालेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङलो बाँधेर प्रर्दशनमा उत्रिएका हुन् ।

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुका साथै कविता र गीतबाट विरोध गरेका थिए । सो अवसरमा उनीहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले सबै स्रष्टाहरु एकै ठाउँमा उभिनुपर्ने औंल्याए । स्रष्टाहरुको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाईं, विमला राई लगायतको उपस्थिति थियो ।

Logo