नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भानुभक्त जोशीले प्रतिगमनविरुद्धको आन्दोलनमा सबै राजनीतिक क्षेत्रका मानिसलाई समेट्नु पर्ने बताएका छन् ।
बझाङ–काठमाडौँ सम्पर्कमञ्च तथा अनेरास्ववियू बझाङ–काठमाडौँ सम्पर्क कमिटीले काठमाडौँमा शुक्रबार गरेको कार्यकर्ता भेलामा बोल्दै नेता जोशीले प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै यो विषय नेकपाको मात्रै नभई सिंगो राष्ट्र र राष्ट्रवादीको विषय भएकाले देशव्यापी संघर्ष चर्काउनुपर्ने दावी गरे ।
उनले प्रतिगमन परास्त गर्ने संघर्षका कार्यक्रममा सहभागी हुन सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।































प्रतिक्रिया