‘प्रधानमन्त्री अवहेलना मुद्दाको जवाफ दिन अदालत जानु कानूनलाई सम्मान हो’ : अधिवक्ता न्यौपाने

‘प्रधानमन्त्री अवहेलना मुद्दाको जवाफ दिन अदालत जानु कानूनलाई सम्मान हो’ : अधिवक्ता न्यौपाने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन् ।  

प्रधानमन्त्री ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दाको लिखित जवाफ पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई तमासाको संज्ञा दिएका थिए ।  

रिट निवेदकको पक्षमा बहस गरेका ९४ वर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै दर्ता गराएको अवहेलना मुद्दामा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।  

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले अवहेलना मुद्दाको जवाफ दिन अदालत आउनुले हाम्रो देशमा कानूनी शासन छ र प्रधानमन्त्रीले कानूनलाई सम्मान गरेका छन् भन्ने देखाएको बताए ।  

अधिवक्ता न्यौपानेले प्रधानमन्त्री ओली अदालतमा लिखित जवाफसहित स्वयं उपस्थित हुनुले अदालतको सम्मान हुनुका साथै प्रधानमन्त्री पदको पनि सम्मान भएको बताए । प्रधानमन्त्री ओलीले कानूनी शासन र संविधानप्रति दृढ छु भन्ने सन्देश दिएको पनि अधिवक्ता न्यौपानेले बताए।  

Logo