श्रमजिवी पत्रकार ऐन लागू गर्न सरकार तयार छः सञ्चारमन्त्री गुरुङ

श्रमजिवी पत्रकार ऐन लागू गर्न सरकार तयार छः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकार ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय समाचार समिति(रासस) को हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार श्रमजीवी ऐन लागू गर्न तयार रहेको बताएका हुन् । उनले पत्रकार महासंघले श्रमजीवी ऐन लागू गराउनको निम्ति आन्दोलन गरे सरकारको साथ रहने पनि बताउनुभयो । पत्रकारहरुले सञ्चार गृहले गरेको अन्याय र शोषणको आक्रोश सरकारलाई व्यक्त गर्ने गरेको उनको भनाई छ ।

मन्त्री गुरुङले ब्रेकिङ न्यूजको होडबाजीले आम सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रप्रति मानिसहरुको विश्वसनियता घट्ने गरेको पनि बताए । राससले सबै कुरा नकारात्मक देख्ने, अविश्वास देख्ने, आशंका देखाउने खालको पत्रकारिकता गर्न नहुनेतर्फ सचेत गराए । राससको संरचनागत कुरालाई पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए । 

Skip This
Skip This
Logo