गृहमन्त्री बन्दैछ भनेर मेरो चरित्रहत्या गर्न खोजियो : वामदेव गौतम

गृहमन्त्री बन्दैछ भनेर मेरो चरित्रहत्या गर्न खोजियो : वामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वर्तमान सरकारको गृहमन्त्री बन्न लागेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् । उनले गलत प्रचार गरेर चरित्रहत्या गर्न खोजिएकाे बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा वामदेव गृहमन्त्रीको रूपमा जाने भनी विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला गौतमले विश्वास नगर्न अनुरोध गरेका हुन् ।

गौतमले आफ्नो चरित्र हत्या गर्ने समूहले केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने भन्दै  भ्रामक समाचारप्रति आपत्ति जनाएका छन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन भएपछि गौतम नेकपा एकता अभियानमा छन् ।

Logo