केन्द्रबिनदु बुलेटिन : नेत्रविक्रम चन्द सरकारसँग वार्तामा बस्न तयार (भिडियो)

केन्द्रबिनदु बुलेटिन : नेत्रविक्रम चन्द सरकारसँग वार्तामा बस्न तयार (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं , आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् । आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं–आज सार्वजनिक विज्ञप्तिमा भनिएको छ । यसबीचमा सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताइरहेका थिए । विराटनगरमा आयोजित सभामा पनि यही अभिव्यक्ति आइरहँदा विप्लवको वक्तव्य आएको हो ।

केही दिन अघि मात्र भागरथी हत्या प्रकरणमा सफलता पाएको सरकारले पुनः दुई वर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा र बलात्कारी आफ्नो पञ्जामा परिसकेको बताएको छ । शनिबार विराटनगरमा आयोजित नेकपा ओली पक्षिय सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको दोषीलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्निप्रसाद सापकोटाले सरकार विरोधी काम गर्दै हिँडेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पदिय जिम्मेवारीले उपराष्ट्रपति तथा सभामुखलाई सरकारको विरोध गर्ने अधिकार नभउको पनि उल्लेख गरे । प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्दै अबको चुनाव भएरै छोड्ने र त्यो आफूहरुले नै जित्नु पर्ने जिकिर पनि गरे ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ‘अमेरिका पूर्ववत् स्थितिमा फर्किएको’ बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षा जस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्णरूपमा संलग्न रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै ब्लिङ्कनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए । ब्लिंकनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना पनि गरेका छन्  । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार , बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्य गर्न ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । पार्टीले शनिबार झापाको गौराधमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले प्रतिनिधि सभा विघटनले निम्त्याएको जटिलता अन्त्य गर्न ताजा जनादेश उपयुक्त विकल्प भएको बताएका हुन् । यस्तै राप्रपाका नेता राजेन्द्र लिङदेनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दावी गरेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको छ । विभागले सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा तारा चिन्ह निर्धारण गरेको हो । यसैगरि यिनीहरूले प्रयोगगर्ने सबै किसिमका साइनबोर्डको समेत सरकारले मापदण्ड तय गरिदिएको छ । 

Skip This
Skip This
Logo