बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज नयाँ दिल्ली जाने 

बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज नयाँ दिल्ली जाने 

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन्। उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाने भएका हुन्।

पेटमा समस्या देखिएपछि उनी लामाे समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरी सल्लाह दिए अनुसार उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्।

दिल्लीमा उनको उपचार 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा हुने बताइएकाे छ।

Skip This
Skip This
Logo